काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह बीच पार्टी एकताको प्रारम्भिक सहमति जुटेको छ।
स्रोतका अनुसार दुवै पक्ष शनिबार औपचारिक घोषणाका लागि तयारीमा रहेको जानकारी प्राप्त भएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा वैकल्पिक राजनीतिक शक्ति र जेनजी आन्दोलनसँग सम्बन्धित समूहहरू एकजुट भएर पुराना शक्तिहरूलाई चुनौती दिन रणनीति तयार गरिरहेका छन्।
प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार













प्रतिक्रिया