काठमाडौं । सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष र सदस्यहरूविरुद्धको रिट निवेदन खारेज गरेको छ । आयोगमा जानुअगाडि नै ‘फैसला’ गरेका व्यक्तिको नेतृत्वमा भएको आयोगले न्याय दिन नसक्ने भन्दै जाँचबुझ आयोगविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले शुक्रबार रिट खारेज गरिदिएको हो । आयोगका अध्यक्ष कार्कीले आयोगमा नियुक्ति लिन जानुअघि र गइसकेपछि पनि दिएका अभिव्यक्तिले जाँचबुझ आयोगको निष्पक्षतामा गम्भीर प्रश्न उठाएको भन्दै अधिवक्ता विपिन ढकालले कात्तिक १८ गते रिट दायर गरेका थिए ।

advertisement

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका घटना जाँचबुझका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको थियो । सदस्यमा विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी छन् ।

तर, सुरुमा अन्तरिम आदेश दिन अस्वीकार गरेको सर्वोच्च अदालतले शुक्रबार रिट नै खारेज गरिदिएको हो ।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com