काठमाडौं । नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य नियुक्त भएका छन्।
नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सका प्रशिक्षक रहेका टमाटा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी पनि हुन्।
अब प्रशिक्षक टमाटा नेपाली खेलकुद क्षेत्रको सर्वोच्च नियामक निकायमा रहेर काम गर्नेछन्। उनी सफल प्रशिक्षकको रुपमा परिचित छन् र सुदूरपश्चिम रोयल्सलाई एनपीएलमा लगातार दुई सिजन उपविजेता बनाउने योगदान दिएका छन्।
प्रकाशित मिति: १२ पुस २०८२, शनिबार












प्रतिक्रिया