काठमाडाैं । कटहरिया नगरपालिका-९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना कामदार घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु बस्यालका अनुसार आज बिहान भएको ब्वाइलर विष्फोटमा सोही नगरपालिका–९ बलुवाका ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमा नै मृत्यु भएको हो । सबै घाइतेका हातखुट्टा जलेका छन् ।

advertisement

उनीहरूलाई उपचारका निम्ति वीरगञ्ज पठाइएको छ । विष्फोटनको कारण स्पष्ट भएको छैन । प्रहरी अनुसन्धान जारी छ ।

प्रकाशित मिति: १२ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com