काठमाडौं । उदयपुरमा ठूलो परिमाणको गाँजासहित दुई जना पक्राउ परेका छन् ।
चौदण्डीगढी नगरपालिकास्थित मदन भण्डारी सडकखण्डबाट प्रहरीले करिब ७५० केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता केदारमान दोङका अनुसार को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।
गाँजासहित जिप चालक बेलटार नगरपालिका–६ का रवीन राई र रामबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १२ पुस २०८२, शनिबार













प्रतिक्रिया