काठमाडौं । शुक्रबार टुंग्याउने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाहबीचको सहमति शनिबारसम्म पनि अनिश्चित बनेको छ।

बालेन पक्षले सहमतिमा ऊर्जा मन्त्री कुलमान घिसिङलाई पनि सँगै समेट्नुपर्ने अडान लिएपछि अन्तिम चरणमा वार्ता पेचिलो बनेको स्रोतले जनाएको छ। सुरुमा रास्वपा र बालेनबीच दुईपक्षीय सहमति गरेर पछि घिसिङलाई जोड्ने समझदारी भए पनि अन्त्यमा त्रिपक्षीय सहमतिको विषय उठेपछि प्रक्रिया रोकिएको हो।

advertisement

शुक्रबार दिनभर छलफल भए पनि तय भएको ‘डिनर मिटिङ’समेत हुन सकेन। त्यसपछि बालेन गोदावरी पुगेर आफ्ना निकटसँग परामर्शमा जुटेका थिए। शनिबार बिहान भने बालेन र कुलमानबीच छलफल भइरहेको बताइएको छ।

रास्वपाका नेताहरूका अनुसार बालेन–कुलमानबीचको छलफलपछि मात्रै सहमतिको दिशा स्पष्ट हुनेछ। दुईपक्षीय सहमति भएको खण्डमा बालेनलाई प्रधानमन्त्री र रवि लामिछाने पार्टी नेतृत्वमा रहने तथा पार्टी नाम र चुनाव चिन्ह यथावत् रहने सहमति भइसकेको बताइन्छ। तर तल्लो तहको व्यवस्थापन र त्रिपक्षीय सहमतिले अझै टुंगो पाउन सकेको छैन।

प्रकाशित मिति: १२ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com