काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जा मन्त्री कुलमान घिसिङबीच छलफल जारी छ ।

ललितपुरको ज्वागलस्थित कुमार बेनको घरमा भइरहेको यस छलफलको जानकारी उनीहरू निकट नेताहरूले दिएका छन् । बालेन र कुलमानबीच देश विकास पार्टी एकैसाथ अघि बढाउने विषयमा पूर्वैदेखि लगभग सहमति बनेको थियो। त्यसपछी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग मिलेर अघि बढ्ने विषयमा पनि गहन छलफल भइरहेको छ।

advertisement

सहमति जुटाउनका लागि ज्वागलमा बालेनसँग रास्वपा सभापति रवि लामिछाने र मन्त्री कुलमान घिसिङले छुट्टाछुटै भेटवार्ता गर्दै आएका छन्। तर, सांगठनिक संरचनाको विषयमा बालेन र रवि बीच अहिलेसम्म पूर्ण सहमति जुट्न सकेको छैन। रास्वपाले बालेनलाई पार्टीमा रविपछि दोस्रो वरीयता र प्रधानमन्त्रीको उम्मेदवारको प्रस्ताव गरेको थियो।

रास्वपाले आधारभूत तहसम्म पार्टीको संगठन भएकाले र संसदीय अनुभव पनि हासिल गरेको भन्दै सांगठनिक संरचनामा आफ्नो हिस्सेदारी प्रमुख हुनुपर्ने प्रस्ताव राखेको थियो। तर बालेन यसमा सहमत छैनन्। बालेन निकट स्रोतका अनुसार, सिके राउत लगायत अन्य दलका नेता तथा कार्यकर्तालाई पनि समेटेर पार्टीलाई व्यापक बनाउनुपर्ने भएकाले रास्वपाको प्रस्तावमा बालेन सहमत हुन नसकेका हुन्।

‘सांगठनिक स्ट्रेन्थमा हाम्रो हिस्सेदारी प्रमुख हुनुपर्छ भन्ने विषयले समस्या सिर्जना गरेकाले अहिलेसम्म छलफल सकारात्मक हुन सकेको छैन,’ स्रोतले बताए।

यद्यपि, कुलमान र बालेन मिलेर अघि बढ्ने निश्चित भएको छ र उनीहरूबीच भइरहेको छलफलबाट छिट्टै ठोस निर्णय आउने बताइएको छ।

प्रकाशित मिति: १२ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com