काठमाडौं । आगामी फागुन २१ का लागि हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्ने प्रक्रिया आइतबारदेखि सुरू भएको छ।
दलहरूले आइतबार र सोमबार गरी दुई दिनभित्र समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ।
उम्मेदवारको बन्दसूची पेश गर्दा सम्बन्धित ऐनअनुसारको विधि, प्रक्रिया र आवश्यक प्रमाणपत्र आयोगलाई बुझाउन दलहरूलाई निर्देशन दिइएको छ।
आयोगले तोकेको अनुसार, दलहरूले आफ्नो सूची कार्यालय समयमा, अपराह्न ४ बजेसम्म, आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुपर्नेछ।
साथै, आयोगले जनाएको छ कि राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत तयार गरेको उम्मेदवारको बन्दसूची निर्वाचन कार्यक्रममा उल्लेखित समयभित्र पेश गरेपछि वा पेश गर्नु अघि सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्न सक्नेछन्।
प्रकाशित मिति: १३ पुस २०८२, आइतबार













प्रतिक्रिया