काठमाडौं । रास्वपासँगको ७ बुँदे सहमतिअनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसदीय राजनीतितर्फ पाइला चाल्ने भएका छन् । फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तय भएको छ ।

सो निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची रहेको छ । ९ बुँदे निर्वाचनपछि बालेन रास्वपा संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवारी बन्ने सहमतिअनुसार बालेनले निर्वाचनमा भाग लिनुपर्ने छ ।

advertisement

तर, निर्वाचनमा भाग लिनका लागि उनले काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिनुपर्ने हुन्छ । त्यसका लागि उनले ६ गते नै वा त्यो भन्दा अघि राजीनामा दिइसक्नुपर्ने निर्वाचन आयोग स्रोतले बतायो ।

उनले राजीनामा दिएपछि उपमेयर सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाको कार्यवाहक नेतृत्व सम्हाल्नुपर्नेछ ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com