काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच ‘बृहत् एकता’को सहमति भएपछि रास्वपाकी नेतृ तोसिमा कार्कीले यस सहकार्यले देशलाई नयाँ राजनीतिक दिशातर्फ अघि बढाउने विश्वास व्यक्त गरेकी छन्।
बालेन शाहसँग सहकार्यको खबर सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै नेतृ कार्कीले अब क्रमशः मुलुक नै ‘घण्टीमय’ बन्दै जाने दाबी गरेकी हुन्। उनले यस एकतालाई देशले नयाँ काँचुली फेर्ने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेकी छन्।
कार्कीले राष्ट्रप्रेमी नागरिक, वैकल्पिक राजनीतिक शक्तिहरू र परिवर्तन चाहने सबैलाई ‘घण्टी’को झण्डामुनि एकताबद्ध हुन आह्वान गरेकी छन्। समुन्नत र समृद्ध नेपाल निर्माणका लागि साझा संकल्प आवश्यक रहेको उल्लेख गर्दै उनले यस एकतालाई शान्त, भद्र र सकारात्मक ‘निलो क्रान्ति’को संज्ञा दिएकी छन्।
यो सहकार्यले नेपाली राजनीतिमा नयाँ आशा र भरोसा जगाएको उल्लेख गर्दै कार्कीले अब देशका लागि वास्तविक विकल्प र आशा राष्ट्रिय स्वतन्त्र पार्टी नै भएको दाबी गरेकी छन्।
प्रकाशित मिति: १३ पुस २०८२, आइतबार













प्रतिक्रिया