काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कुनै पनि दलसँग एकता नगर्ने स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले श्रम संस्कृति पार्टीले मिसावटको राजनीति नगर्ने र आफ्नै बाटोमा अघि बढ्ने बताएका छन्। निर्वाचनको माहोलमा विभिन्न दलबीच सहकार्य र गठबन्धनका चर्चा भइरहे पनि आफ्नो पार्टी त्यसमा नलाग्ने उनको भनाइ छ।

advertisement

साम्पाङले श्रम संस्कृति पार्टी स्वदेशी विचार र मौलिक पहिचानमा आधारित राजनीति गर्ने दल भएको उल्लेख गर्दै देशको माटो र श्रमसँग जोडिएको राजनीतिक धार नै आफ्नो प्राथमिकता रहेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सातबुँदे सहमति भएको केही घण्टापछि आएको उनको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

उनले पार्टीका कार्यकर्ता र शुभेच्छुकलाई कसैसँग एकता हुने वा नहुने विषयमा भ्रममा नपर्न आग्रह गर्दै भने, श्रम संस्कृति पार्टी स्वतन्त्र रूपमा अघि बढ्नेछ र कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णयमा दृढ छ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com