काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङले २१ फागुनको चुनावलाई लिएर सहकार्य गर्नेगरि विभिन्न दल र शक्तिहरुसँग सहकार्य थालेका छन् । रवि लामिछाने र बालेन शाहसँग एकता प्रक्रियामा सामेल नभएका कुलमानले जनार्दन शर्मासँग सहकार्य गर्नेगरि पहलकदमी लिएका छन् ।

आज साँझ ६ बजे उज्यालो नेपालको पार्टी मुख्यालयमा कुलमानले चुनावी सहकार्यबारे जनार्दनसँग सहमति गर्ने तयारी गरेका छन् । जनार्दन समूहले उज्यालो नेपाल पार्टीबाट नै समानुपातिकतर्फको बन्दसूची बुझाउने तयारी गरेको उच्चस्रोतको दाबी छ । कुलमानले हर्क साम्पाङसँग पनि सहकार्य गर्नेगरि पहल थालेका छन् । उनले आफ्ना विश्वासपात्रलाई हर्ककहाँ पठाएका छन् ।

advertisement

जनार्दन शर्मा उर्जामन्त्री हुँदा कुलमान नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख थिए । त्यहीबेला नेपालमा लोडसेडिङ अन्त्य भएको थियो । उनीहरु दुवैले उज्यालो नेपाललाई आफूहरुको ब्राण्ड भनेका छन् ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com