काठमाडौं । भक्तपुरको थिमी नगरपालिका–९ स्थित निलबाराही जङ्गलमा प्रहरीबाट राजीनामा गरेका प्रहरी नायव निरीक्षक (सई) मृत भेटिएका छन् ।

राजीनामा बुझाएका सई दशरथ खड्काको शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले रातोपाटीलाई बताए ।

advertisement

रुखमा झुण्डिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी प्रभाग साँखुमा कार्यरत ४५ वर्षीय खड्काले मंसिर २६ मा राजीनामा बुझाएको थाहा भएको छ ।

सई खड्का भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित सरस्वती खेलका स्थानीय हुन् । उनको शव पोस्टमार्टम गर्न दुवाकोट स्थित काठमाडौँ मेडिकल कलेजमा पठाइएको छ । घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com