काठमाडौं । नेकपा (एमाले)ले समानुपातिकतर्फको बन्दसूची सोमबार निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।

आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै सोमबार निर्वाचन आयोगमा पठाउने निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए । विभिन्न जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारिएको उनले जानकारी दिए ।

advertisement

भट्टले बन्दसूचीमा अध्यक्ष ओलीले आवश्यक ठानेमा करेक्सन गरेर निर्वाचन आयोगमा दर्ता गर्न पठाउने भन्ने निर्णय भएको उल्लेख गरे ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com