काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाका विषयमा गठित जाँचबुझ आयोग २०८२ मा पूर्वगृहमन्त्री रमेश लेखक आज उपस्थित हुने भएका छन्।

स्रोतका अनुसार लेखक दिउँसो १२ बजे आयोगको कार्यालयमा पुगेर ती घटनासँग सम्बन्धित आफ्नो जानकारी र दृष्टिकोण प्रस्तुत गर्नेछन्। आयोगले घटनासँग सरोकार राख्ने व्यक्तिहरूको बयान सङ्कलन गर्ने प्रक्रिया तीव्र बनाइरहेको छ।

advertisement

त्यसपछि लेखकले दिउँसो २ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग भेट गरी यस विषयमा थप धारणा सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ।

भदौ २३ र २४ गतेका घटनालाई लिएर आयोगले राजनीतिक नेतृत्वसहित विभिन्न पक्षसँग सोधपुछ गरिरहेको अवस्थामा लेखकको उपस्थितिलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com