काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भविष्यमा सहकार्य सम्भव रहेको बताएका छन्।
सोमबार निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाउन पुगेका परियारले ढोका पूर्ण रूपमा बन्द नभएको र आवश्यक परे सहकार्यको अवसर खुलेको बताए।
उनले भने, ‘जहाँसम्म रास्वपा र मेयर बालेन शाहको सहकार्य जनताको हितमा केन्द्रित हुन्छ, त्यहाँ औपचारिक छलफलपछि सहकार्य गर्ने विकल्प खुलेको छ। यदि त्यस्तो अवसर रहेमा सहकार्य नगर्न कुनै कारण छैन।’
प्रकाशित मिति: १४ पुस २०८२, सोमबार













प्रतिक्रिया