काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आज प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

अध्यक्ष दाहाल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा आसन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्यको निर्वाचन, राष्ट्रियसभाका गतिविधि र अन्य संवैधानिक विषयमा छलफल भएको थियो।

advertisement

अध्यक्ष दाहालले राष्ट्रियसभाको अधिवेशन समयमै बोलाउने र आवश्यक सुविधा कटौती नगरी कार्य सञ्चालन हुने सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीसमक्ष आग्रह गरेको पनि जनाइएको छ।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com