काठमाडौं  ।  महानगरपालिकाका मेयर बालेन शाहले आफू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच एकता कायम गराउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै जेनजी अगुवा सुधन गुरुङको प्रशंसा गरेका छन्।

सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मेयर शाहले सुधन गुरुङले निर्वाह गरेको भूमिकालाई देशले १०० वर्षसम्म पनि बिर्सन नसक्ने बताएका छन्।
‘देश बनाउनु पर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ? त्यही नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ। बाबु सुधन गुरुङज्यूले जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन। लभ यु, ब्रदर,’ उनले लेखेका छन्।

advertisement

आइतबार बिहान रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच एकताको सहमति भएको थियो। त्यसको भोलिपल्ट सभापति लामिछाने र कुलमान घिसिङबीच पनि एकताको सहमति भएपछि यी सबै प्रक्रियामा योगदान पुर्‍याएको भन्दै मेयर शाहले सुधन गुरुङलाई धन्यवाद दिएका हुन्।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com