काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफू कुनै पनि राजनीतिक दलमा सहभागी नरहेको स्पष्ट पारेका छन् । मंगलबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू दलमा नरहेको बताएका हुन् ।

जेन जेड आन्दोलनको जगमा बनेको वर्तमान अन्तरिम सरकारका गृहमन्त्री अर्याल सुरक्षा बैठकमा सहभागी हुन विराटनगर पुगेका हुन् ।

advertisement

विराटनगर विमानस्थलमा पत्रकारहरूसँगै बोल्दै मन्त्री अर्यालले आफू कुनै पनि दलमा संलग्न नरहेको दाबी गरेका छन् । उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘म दलमा सहभागी छैन, यतिसम्म भन्न सक्छु ।’

अन्तरिम सरकारमा रहेका मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी खोलेका थिए । सोमबार उनी संरक्षक रहेको उज्यालो नेपाल पार्टीले रास्वपासँग पार्टी एकता गर्ने सहमति गरेको छ । सहमतिपछि घिसिङ रास्वपाको उपसभापति बन्नेछन् ।

अर्याल विराटनगरमा आयोजना हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी भई सुरक्षा अवस्थाको वस्तुगत स्थितिको जानकारी लिनेछन् ।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com