कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर केही हुँदैन : केपी ओली

ओलीले भने, 'कुखुरा, बाख्रा र स्यालले मोर्चा गरे पनि महासागरसँग प्रतिस्पर्धा गर्न सक्दैनन्। घैँटामा बोकेको पानीले महासागरसँग कसरी प्रतिस्पर्धा सम्भव हुन्छ?'



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशनलाई धेरै हिसाबले अर्थपूर्ण र समयसापेक्ष रहेको बताएका छन्।

मंगलबार मदन–आश्रित स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा अध्यक्ष ओलीले जनअनुमोदित नेतृत्वको टिम एमालेसँग रहेको स्पष्ट पारे। उनले महाधिवेशनले लोकप्रियता र अलोकप्रियता सम्बन्धी सिर्जना भएका भाष्यहरूको जवाफ दिएको पनि बताए।

advertisement

महाधिवेशनले आगामी निर्वाचनलाई लक्षित गर्दै तयारी गरेको र देशमा को लोकप्रिय छ भन्ने छलफल चुनावसम्म चल्ने भए पनि कतिपयले प्रधानमन्त्री नै बनाइसकेको भ्रम फैलाउने प्रयास भइरहेको ओलीको भनाइ थियो।

‘हामी चुनावको प्रतिक्षा गरिरहेका छौँ। महाधिवेशनले धेरै जवाफ दिएको जस्तै अब आगामी निर्वाचनबाट राष्ट्रिय स्तरको निर्णय पनि दिनेछौँ। त्यसका लागि हामी पूर्ण रूपमा तयार छौँ,’ उनले भने।

अध्यक्ष ओलीले लोकतन्त्रले नै जित्ने विश्वास व्यक्त गर्दै विशाल एमाले र कांग्रेस देखेपछि उनीहरूसँग मिल्ने क्रम जारी रहेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी (उनेपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीचको एकतालाई उनले ‘दुब्लाहरूको मोर्चाबन्दी’ भन्दै यसबाट केही नहुने दाबी गरे। ओलीले भने, ‘कुखुरा, बाख्रा र स्यालले मोर्चा गरे पनि महासागरसँग प्रतिस्पर्धा गर्न सक्दैनन्। घैँटामा बोकेको पानीले महासागरसँग कसरी प्रतिस्पर्धा सम्भव हुन्छ?’

उनले दुब्लाको काम केवल मोर्चा बनाउनु भएको मात्र रहेको टिप्पणी गर्दै, अरू पनि मोर्चा गर्न सक्ने भएता पनि त्यसले ठोस परिणाम नदिनेसम्मका उदाहरण प्रस्तुत गरे।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com