काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेत्री पम्फा भुसालले आगामी निर्वाचनमार्फत संविधानको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताएकी छन् ।

नेकपा समर्थित उद्योगी व्यवसायीको सङ्गठन नेपाल उद्योग व्यापार महासङ्घ ललितपुरको आज यहाँ आयोजित दोस्रो जिल्ला अधिवेशनमा उनले जेन-जी आन्दोलनमा ७२ जनाभन्दा बढीले ज्यान गुमाउनुपरेको र भदौ २४ गतेको विध्वंसात्मक घटनाले संकट निम्त्याएको बताइन्। अब संकट व्यवस्थापनको उपयुक्त माध्यम निर्वाचन नै भएको उनको भनाइ थियो ।

advertisement

‘सुशासन माग गर्दै भएको आन्दोलनका क्रममा २३ गते अप्रिय घटना भयो, २४ गते विध्वंस निम्त्याइयो । त्यो विध्वंसले अर्बौँको क्षति भएको छ । त्यसबाट सबै मर्माहत छौँ । देश अर्को दुर्घटनामा पर्ने हो कि भन्न चिन्ता छ । त्यसैले सबै समस्या समाधानका लागि अब फागुन २१ को निर्वाचन नै विकल्प हो’, नेतृ भुसालले भनिन्।

उनले निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन गर्न सरकारले उपयुक्त वातावरण बनाउनुपर्ने र त्यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा नेकपाका केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य हरि दाहाल (ललित), महासङ्घका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारी, महासङ्घ बागमती प्रदेशका महासचिव सन्तोष पौडेल, महासङ्घ ललितपुरका अध्यक्ष राज घिमिरेलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com