काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झण्डै २४ घण्टापछि खुला भएको छ।
मंगलबार बिहान करिब ७:५० बजे ग्याँस बुलेट पल्टिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। मुख्य राजमार्ग बन्द हुँदा सवारी साधनहरूलाई लामो र घुमाउरो ग्रामीण सडक प्रयोग गर्न बाध्य हुनुपरेको थियो।
जिल्ला ट्राफिक कार्यालयका निरीक्षक राजेन्द्र थापामगरका अनुसार, क्रेनको सहयोगले ग्याँस बुलेट सडक किनारमा हटाइएपछि बुधबार बिहान साढे ७ बजेबाट राजमार्ग दुईतर्फी रुपमा खुला भएको हो।
दुर्घटनापछि ग्याँस चुहिएर आगलागीको जोखिम बढेकाले दमकलले पानी छर्क्दै दुईवटा क्रेनले बुलेट उठाइएको थियो। कालोपत्रे सडक पनि पानीले सफा गरिएको छ। ग्याँस बुलेट अहिले सडकको किनारमा राखिएको छ।
प्रकाशित मिति: १६ पुस २०८२, बुधबार












प्रतिक्रिया