सिन्धुली । सिन्धुली जिल्लाको दुधौली नगरपालिका–४ स्थित कमलाखोच क्षेत्रमा पर्ने मदन–भण्डारी राजमार्गमा पिकअप गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

बुधबार बिहान काठमाडौंबाट कटारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४२५ नम्बरको कुरियर सामग्री बोकेको पिकअप गाडीले सडकमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

advertisement

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार दुर्घटनामा दुधौली नगरपालिका–१ गिजियानी निवासी अन्दाजी ६०–६५ वर्षका मोहन धामीको मृत्यु भएको हो। गाडीको ठक्करबाट उनको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।

घाइते धामीलाई तत्काल स्थानीय कमलाखोच अस्पताल पुर्‍याइएपछि थप उपचारका लागि सिर्थौलीस्थित नगर अस्पतालमा रिफर गरिएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न पिकअप गाडी र त्यसका चालक झापा जिल्लाको शिवसताक्षी नगरपालिका–७ निवासी २९ वर्षीय अभिषेक अधिकारीलाई इलाका प्रहरी कार्यालय डकाहाले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com