काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ। नवलपरासी, मोरङ, सिन्धुली र जुम्लाबाट ब्राउन सुगरसहित पाँच जना नियन्त्रणमा परेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट कुल ३०४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ।

नवलपरासीको सुस्ताबाट ३ ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित भारत कप्तानगंजका अतुल चौधरीसहित दुई जना पक्राउ परेका छन्। युपी ५३ एएक्स ५५९४ नम्बरको कार जाँच गर्दा लागूऔषध फेला परेको हो। मोरङको विराटनगर बसपार्कबाट १०१ ग्राम ब्राउन सुगरसहित पप्पु राम पक्राउ परेका छन् भने सिन्धुलीको कमलामाईबाट १९५ ग्राम ५९० मिलिग्राम ब्राउन सुगरसहित विराटनगरका महम्मद समसिरलाई नियन्त्रणमा लिइएको छ। जुम्ला चन्दननाथबाट कविन्द्र रावलको साथबाट ४ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

advertisement

यसैगरी, सप्तरीको सुरूङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम, स्पास्मो प्रोक्सिभन, डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगनसहित उदयपुर त्रियुगाका रूपेशकुमार चौधरी पक्राउ परेका छन्। त्रियुगाकै लालपत्ताबाट सरोज मगरसहित दुई जनालाई पनि नियन्त्रित औषधिसहित नियन्त्रणमा लिइएको छ।

गाँजासहित बारा सिम्रौनगढबाट दुई जना पक्राउ परेका छन्। उनीहरूको साथबाट १० केजी गाँजा बरामद गरिएको छ। त्यस्तै, मकवानपुर मनहरीबाट ५३ केजी ५७० मिलिग्राम गाँजासहित राक्सिराङका हिरालाल प्रजासमेत सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरूको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com