काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले चार वर्षअघि पार्टी छाड्दा मन रोइरहेको र अहिले फर्कँदा खुशी लागेको अनुभव व्यक्त गरेका छन्।

बुधबार दुई राप्रपाबीच एकता घोषणासभालाई सम्बोधन गर्दै थापाले आफ्नो पुरानो अनुभूति सुनाए। उनले भने, ‘यसलाई एकता भनिएपनि यो पुनर्मिलन जस्तो अनुभव हो। आफ्नो रगत–पसिनाले खडा गरेको घरमा फर्किएजस्तो अनुभूति भइरहेको छ’

advertisement

थापाले २०७८ माघको अन्तिम साता अत्यन्तै भारी मनले राप्रपाको घर छोडेर गएको बताए। उनले भने, ‘खुसीले होइन, मन रोइरोइ एक्लै अलग भएको थिएँ। विभिन्न कारणले पार्टी छोड्दा मन खुशी थिएन। कतिले मलाई आरोप लगाए—‘गिताको कसम खाएर पार्टी फुटायो, हारेर भाग्यो’—तर ती सबै कुरा सत्य होइनन्। म खेलाडी पनि भएकाले हार स्वीकार गर्ने व्यक्ति हुँ।’

थापाले आफ्नो अनुभव साझा गर्दै पुनः पार्टीमा फर्किएर खुशी र उत्साह महसुस भएको पनि प्रष्ट पारे।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com