काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा देश जलिरहेको अवस्थामा केही वरिष्ठ राजनीतिक नेताले उनलाई फोन गरी राजा ल्याएर देश जोगाउन प्रयास गर्न आग्रह गरेको खुलासा गरेका छन्।

बुधबार राप्रपाको एकता घोषणालाई सम्बोधन गर्दै थापाले नाम खुलाएका छैनन् तर आवश्यक परे सार्वजनिक गर्न सकिने बताए।

advertisement

उनले भने, भदौ २४ गते राति करिब ११ बजे मलाई तत्कालीन प्रमुख राजनीतिक दलका दुई नेताले फोन गर्नुभयो। त्यतिबेला सर्वोच्च अदालत, सिंहदरबार र नेताहरूका घर जलिरहेको थियो। उहाँहरूले भन्नुभयो– ‘देश जोगाउन तपाईँ केही प्रयास गर्न सक्नुहुन्छ कि? राजा ल्याउनै पर्छ।’

थापाका अनुसार, दुवै नेताको अनुरोध उस्तै स्वरूपको थियो र राजनीतिक वातावरण तयार पारेर राजा ल्याउन भूमिका खेल्न उनले आग्रह गरेका थिए।

तर थापाले आफ्नो हैसियत नभएकाले कुनै प्रयास गर्न नसकेको र त्यसकारण घटना दोहोरिन नदिन आन्दोलन अपरिहार्य भएको बताए।

“त्यस समयमा मेरो हैसियत थिएन, प्रयास पनि भएन। भविष्यमा त्यस्तो घटना दोहोरिन सक्ने भएकाले राजसंस्था अपरिहार्य थियो, आन्दोलनबाट मात्र सम्भव भयो,” उनले बताए।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com