काठमाडौं । जेनजी आन्दोलनसँग जोडिँदै धम्की दिएको आरोप लागेका अर्जुन शाहीविरुद्ध ठगी तथा बैंकिङ कसुरमा अनुसन्धान अघि बढाइने भएको छ। आन्दोलनपछि दोस्रो पटक पक्राउ परेका शाहीलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखी म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शाहीले एक व्यक्तिबाट आठ तोला सुन ठगी गर्नुका साथै ११ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर गरेको आरोप छ। यी दुई कसुरमा पक्राउ पुर्जी जारी भइसकेको र सोही आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइने बताइएको छ।

advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन भट्टराईका अनुसार हाल ठगी र बैंकिङ कसुरमा अनुसन्धान सुरु गरिएको छ। थप पीडितहरू सम्पर्कमा आएकाले उनीहरूको जाहेरी दर्ता भएअनुसार अनुसन्धान विस्तार हुने उनले जानकारी दिए।

सरकारी कर्मचारीलाई आफूलाई जेनजीको प्रतिनिधि भन्दै धम्क्याउने शाहीलाई प्रहरीले बुधबार साँझ ठमेलको कालधाराबाट नियन्त्रणमा लिएको हो। यसअघि जेनजी आन्दोलनपछि उनी कोटेश्वरबाट पनि पक्राउ परेका थिए, जहाँबाट उनी धरौटीमा छुटेका थिए।

जेनजी आन्दोलनभन्दा अगाडि पनि शाही वैदेशिक रोजगारी ठगीको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीद्वारा पक्राउ परिसकेका थिए।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com