काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एक टायल्स उद्योगमा दुई जना मजदुर मृत अवस्थामा फेला परेका छन्। मृतकहरूमा नवलपरासी–१३, धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश, प्रतापगढ़ जिल्लाका ३० वर्षीय विनोद कुमार रहेका छन्।

प्रहरीका अनुसार उनीहरू बुधबार राति ८ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म ग्यासी फायरमा ड्यूटीमा खटिएका थिए। उद्योगको पोकिङ फ्लोरमा गद्दा ओछ्याएर सुतेको अवस्थामा उनीहरू मृत फेला परेको जानकारी कम्पनीका म्यानेजर रमेश न्यौपानेले बिहीबार बिहान सवा ९ बजे प्रहरीलाई दिएका थिए।

advertisement

पश्चिम नवलपरासीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुशील घिमिरेले घटनास्थल पुगेको जानकारी दिँदै भने, ‘बर्दघाट नगरपालिका–१२, कजडैयास्थित उद्योगमा कार्यरत दुई जना मजदुर मृत अवस्थामा फेला परेका छन्। प्रारम्भिक निरीक्षणमा उनीहरूको शरीरमा कुनै पनि प्रकारको चोट वा घाउ देखिएको छैन।’

मृतकका आफन्तले घटनालाई शंकास्पद ठहर गर्दै उद्योग घेराउ गरेर प्रदर्शन गरिरहेका छन्। उनीहरूले दोषीमाथि छानबिन गरी कारबाहीको माग गरेका छन्।

घटनास्थलमा अहिले ३१ जनाको प्रहरी टोली खटिएको छ र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com