एजेन्सी । युक्रेनको खेरसन क्षेत्रमा बुधबार राति ड्रोन आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्। आक्रमण खेरसन क्षेत्रका क्याफे र होटलहरूलाई लक्षित गरेर भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।

खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्डोले टेलिग्राममार्फत् जानकारी दिनु भएको छ कि आक्रमणको समयमा ठूलो सङ्ख्यामा नागरिकहरू नयाँ वर्ष मनाउन भेला भएका थिए। यस क्रममा ड्रोनले हानिकारक मिश्रण खनाएर घटनास्थलमा ठूलो आगलागी निम्त्याएको थियो। आगो नियन्त्रणमा लिन बिहीबार मात्रै अग्नि नियन्त्रकहरूले सफल भएको पुष्टि गरिएको छ।

advertisement

साल्डोका अनुसार आक्रमणमा धेरै मानिसहरू जलेको अवस्थामा फेला परेका छन्। डाक्टरहरूले घाइतेहरूको ज्यान बचाउने प्रयास गरिरहेका छन्। साथै, क्षेत्रीय अधिकारीहरूले मृतक र घाइतेका परिवारलाई आवश्यक सबै सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइरहेका छन्।

घटना पछि स्थानीय सुरक्षा र आपत्कालीन टोलीले घटनास्थलमा सक्रिय रहँदै राहत तथा उद्धार कार्य सञ्चालन गरिरहेका छन्।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com