काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्ने पक्षधरले पुस २७ र २८ गते भृकुटीमण्डप हल बुक गरेका छन्।

गत असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई २ हजार ४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइएको थियो। कांग्रेस विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएपछि पार्टीले विशेष कारण खोली ३ महिनाभित्र महाधिवेशन गर्नु अनिवार्य छ।

advertisement

तर, ५० प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर बुझाएको तीन महिनासम्म पनि पार्टीले विशेष महाधिवेशन नगरेको भन्दै पक्षधरले अब स्वयं हल बुक गरेको बताएका छन्।

विशेष महाधिवेशनका लागि हस्ताक्षर सङ्कलनको नेतृत्वकर्ता मनोजमणि आचार्यले भृकुटीमण्डप हल पुस २७ र २८ गतेका लागि बुक गरिएको जानकारी दिएका छन्। उनले भने, ‘हामीले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डप बुक गरेका छौँ। पार्टीले नियमित महाधिवेशन नगरेकोले दुई दिनको विशेष महाधिवेशन आयोजना हुनेछ।’

हल बुक गर्नका लागि लेखनाथ पोखरेल जानु भएको थियो र हल बुक भएपछि पार्टीलाई जानकारी गराइने पनि आचार्यले बताए।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com