काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ओलीलाई बयानका लागि पत्र पठाउने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री कार्कीले आयोगको कामको प्रगतिबारे जिज्ञासा राखेपछि हालसम्मको अवस्था जानकारी गराइएको हो।

advertisement

अध्यक्ष कार्कीले आयोगलाई थप एक महिनाको समय दिइएको र सोही अवधिभित्र प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने तयारी भइरहेको बताए।

सञ्चारकर्मीले केपी शर्मा ओली बयानका लागि उपस्थित नभए के हुन्छ भन्ने प्रश्न गर्दा अध्यक्ष कार्कीले भने, ‘हामी उहाँलाई बोलाउने प्रक्रियामा छौँ। यदि आउनुभएन भने त्यसबेलाको परिस्थिति अनुसार निर्णय गरिनेछ। हामी उहाँलाई पत्र पठाउँदैछौँ।’

ओली बयानका लागि उपस्थित नआएमा त्यसपछि थप निर्णय तत्काल गरिने अध्यक्ष कार्कीले स्पष्ट पारे।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com