एजेन्सी । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा बुधबार बस र भ्यान आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने १६ जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूले यो जानकारी दिएका हुन्।

पशु चिकित्सा र पशु विज्ञान विश्वविद्यालयका खेलाडीहरू खेलकुद कार्यक्रममा भाग लिन लाहोर जाँदै गर्दा उनीहरु सवार बस झाङ जिल्लामा भ्यानसँग ठोक्किएर दुर्घटना भएको जिल्ला उपायुक्त अली अकबरले मिडियालाई बताएका छन् ।

advertisement

ओभरटेक गर्ने प्रयास गर्दा दुवै गाडीको अत्यधिक गतिका कारण एक आपसमा ठोक्किएर दुर्घटना भएको उनले पुष्टि गर्नु भएको छ ।

अधिकारीका अनुसार नौ जना यात्रुहरूको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य पाँच जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

पछिल्लो समयमा पाकिस्तानमा सडक दुर्घटनाको ग्राफ चिन्ताजनक रुपमा बढ्दै गएको जनाइएको छ भने लापरबाहपूर्ण सवारी हाक्ने, खराब सडकको अवस्था र सिमित सवारी मर्मतलगायतका कारणले दुर्घटनाका दरहरू बढेको जनाइएको छ ।

  • रासस

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com