काठमाडौं । ललितपुरमा एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती गाउँपालिका–३ घर भई सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक घर भई धापाखेल बस्ने १८ वर्षीय सुनिल विक रहेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार उनीहरूले बुधबार राति ललितपुर महानगरपालिका–१४ टुटेपानीस्थित कुमारी बैंकको एटिएम मेसिन तोडफोड गरेका थिए। घटनाबारे प्रहरी वृत्त सातदोबाटोले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार













प्रतिक्रिया