काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई महामन्त्री र कार्यवाहक सभापतिलाई डाकेका छन् ।

विशेष महाधिवेशन आयोजना गर्ने भन्दै भृकुटीमण्डपमा हल बुक गरेपछि देउवाले महामन्त्रीद्वयसँग छलफल गर्न बैठक डाकेका हुन् ।

advertisement

सभापति देउवाले विशेष महाधिवेशनको कार्यविधि, निर्देशिकका केही पनि नभएको भन्दै थप विवाद आउने भएकाले नियमित महाधिवेशनमा नै जानुपर्ने बताउँदै आएका छन् ।

यता, महामन्त्रीद्वयले भने पुस २८ अघि नियमित महाधिवेशन सम्भव नहुने भएपछि विशेष महाधिवेशन बैधानिक बाध्यता भएको बताउँदै आएका छन् ।

उनीहरूले नियमित महाधिवेशन सम्भव नहुनासाथ विशेष महाधिवेशनको प्रस्ताव ‘एक्टिभ’ हुने बताउँदै पुस २७ र २८ का लागि भृकुटीमण्डपको हल बुक गरेका छन् ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com