काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनको लागि अनुकूल वातावरण सिर्जना गर्न सर्वोच्च अदालतमा विचाराधीन संसद् पुनर्स्थापनाको मुद्दा छिट्टै टुङ्गोमा पुग्नुपर्ने बताए।

बिहीबार विराटनगरमा आयोजित शालिग्राम मन्जु दाहाल पत्रकारिता पुरस्कार २०८२ वितरण समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले भने, ‘मुलुकको शान्ति सुरक्षाको अवस्था कमजोर भएकाले निर्वाचनको वातावरण अझै तयार भएको छैन। संसद् पुनर्स्थापनाको मुद्दाले यस अन्योललाई थप बढाएको छ।’

advertisement

उनले निर्वाचन भए पनि राजनीतिक निकास नपाउने स्थितिलाई तोड्न र लोकतान्त्रिक प्रक्रियालाई अघि बढाउन राजनैतिक दलहरूको सक्रियता आवश्यक रहेको बताए।

मुख्यमन्त्री कार्कीले संसद् पुनर्स्थापनासँगै संविधान संशोधन गरेर जेनेरेसन–जी आन्दोलनका मागहरूलाई सम्बोधन गर्न सकिने पनि जनाए।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com