काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ४ हजार ४१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार ४ हजार ५२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार












प्रतिक्रिया