काठमाडौं । नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशनले पार्टी विभाजनमा जाने भन्दै जोगाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । शुक्रबार (पुस १८) देउवालाई भेट्न पुगेको टोलीले पार्टी जोगाउन आग्रह गरेको हो ।

बिहीबार (पुस १७) महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरी विशेषको मिति घोषणा गरेका थिए । त्यसपछि ‘२५ भाइ’ देउवालाई भेट्न पुगेका हुन् ।

advertisement

उनीहरूले चाँडोभन्दा चाँडो क्रियाशील सदस्यता टुंग्याएर वडा तहको अधिवेशन सुरु गर्नुपर्नेमा जोड दिए ।

विशेष महाधिवेशन एउटा पक्षले मात्र आह्वान गर्दा पार्टी विभाजनको जोखिममा पुगेको छ, केन्द्रीय सदस्य पुष्पा भुसालले भनिन्, त्यसैले यो पार्टीको अभिभावकको नाताले पार्टी जोगाउनुस् भनेर हामीले सभापतिज्यूलाई आग्रह गरेका छौँ ।

उनीहरूले कांग्रेसमा दुई ‘पोल’ बनाएर समन्वयात्मक भूमिका निर्वाह गर्न खोज्नेहरूमाथि प्रहार गर्न थालिएको गुनासो समेत देउवासँग गरेका थिए ।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com