काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि सम्भावित कार्यतालिका सार्वजनिक गरेका छन्। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुस २६ गते बन्दसत्र हुने जानकारी दिए।

उनका अनुसार बन्दसत्रमा चार–पाँच विषयगत प्रतिवेदन पेस भई छलफल हुनेछ। ती प्रतिवेदनमा कांग्रेसको वर्तमान दृष्टिकोण, आर्थिक–सामाजिक–राजनीतिक मुद्दा, जेनजी आन्दोलनले उठाएको सुशासनको प्रश्न र आगामी दशकमा कस्तो नेपाल बनाउने भन्ने विषय समेटिनेछ।

advertisement

पुस २६ गते अपराह्न २ देखि ४–५ बजेसम्म उम्मेदवारी दर्ता हुने र भोलिपल्ट पुस २७ गते बिहान ७ देखि १२ बजेसम्म विद्युतीय मतदान हुने शर्माले बताए। विद्युतीय मतदान भएकाले साँझसम्म नतिजा आउने उनले स्पष्ट पारे।

कार्यतालिकाअनुसार नेतृत्व चयन हुन नसके पनि विशेष महाधिवेशनले पार्टी नफुट्ने उनले दाबी गरे। “पार्टीलाई एकढिक्का राख्ने संकल्पसहित निर्णय हुनेछ,” शर्माले भने।

विशेष महाधिवेशनले कांग्रेस विभाजित हुन सक्ने आशंकालाई अस्वीकार गर्दै उनले कांग्रेसमाथि समाजलाई एकताबद्ध गर्दै सद्भाव, सुशासन र समुन्नतिको दायित्व रहेको बताए।

यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै १५औँ महाधिवेशन स्थगन भई सर्वसम्मतिमा विशेष महाधिवेशनतर्फ प्रक्रिया अघि बढेको जनाएका थिए।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com