काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको विषयमा सरकारलाई अहिलेसम्म औपचारिक जानकारी नआएको स्पष्ट पारेका छन्।

शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले औपचारिक जानकारी प्राप्त भएपछि मात्र सरकारको तर्फबाट आवश्यक निर्णय हुने र सम्बन्धित व्यक्तिले पनि आफ्ना तर्फबाट गर्नुपर्ने निर्णय लिने बताए।
उनले भने, “कुलमान घिसिङ रास्वपामा प्रवेश गर्नुभएको भन्ने कुरा तपाईंहरूबाटै सुन्दै आएको छु, तर सरकारलाई औपचारिक रूपमा यस्तो जानकारी आएको छैन। जानकारी आएपछि सरकारले गर्नुपर्ने काम र उहाँले लिनुपर्ने निर्णय स्पष्ट हुन्छ।”

advertisement

मन्त्री खरेलले मन्त्री मात्र नभई कुनै पनि योग्य नागरिकले निर्वाचनमा उम्मेदवारी दिन पाउने संवैधानिक अधिकार रहेको उल्लेख गर्दै पद र शक्तिको दुरुपयोग गर्न भने नहुनेमा जोड दिए।

आफू हाल सरकारको प्रवक्तासमेत रहेको र सञ्चारमन्त्रीको जिम्मेवारीमा रहेकाले कुनै पनि राजनीतिक दलसँग आबद्ध नरहेको उल्लेख गर्दै उनले निर्वाचन लड्ने वा नलड्नेबारे हालसम्म कुनै निर्णय नगरेको बताए।

त्यसैगरी, आसन्न प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा भइसकेको भन्दै तोकिएकै समयमा निर्वाचन हुनेमा कुनै शंका नगर्न उनले आग्रह गरे।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com