काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशन आगामी वैशाखमा सार्न र जेठसम्म केन्द्रीय समितिको म्याद थप्न प्रस्ताव गरेको बताए । साथै आफूहरूको फरक मत हुँदाहुँदै बैठकबाट बहुमतले उक्त प्रस्ताव पारित भएको बताए ।
साथै उनले महाधिवेशन वैशाखमा गर्ने भनिए पनि पुसमा विशेष महाधिवेशन हुने बताए । विधानले विशेष महाधिवेशन गर्नुको विकल्प नदिएको भन्दै थापाले गर्नैपर्ने बताए ।
थापाले अन्य कुरामा लागू भएको विधान विशेष महाधिवेशनको हकमा नलाग्ने भन्ने नहुने बताए । आज केन्द्रीय समितिले पुसभित्र महाधिवेशन नगर्ने निर्णय गरे पनि विशेष महाधिवेशन नगर्ने प्रस्ताव नआएको थापाले बताए ।
विधानले अब विधान महाधिवेशन गर्नुको विकल्प नदिएको भन्दै थापाले केन्द्रको जिम्मेवार नेताहरूले विधानको पालना नगरे आफूहरूले टुलुटुलु हेरेर नबस्ने बताए । विधानले दिएको अधिकार प्रयोग गरी पुसभित्र विशेष अधिवेशन आयोजना गर्ने उनको भनाइ छ ।
उनले पुसको मसान्तमा काठमाडौंमा विशेष महाधिवेशनमा आउने तयारी गर्न पनि आग्रह गरे ।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार












प्रतिक्रिया