काठमाडौं । विभिन्न माग राख्दै अनशनमा बसेका कमल भुसाल (डा. निकोलस भुसाल) र हरिश विष्टले अनशन तोडेका छन् ।
उनीहरूले ११औँ दिनमा अनशन तोडेका हुन् । सहमतिपत्रमा डा. भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई जुस खुवाएर अनशन तोडाइन् ।
सरकारले भुसाल र विष्टसँग वार्ताका लागि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा वार्ता समिति गठन गरिएको थियो । समितिमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भिष्मकुमार भुसाल तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल सदस्य थिए ।
यसअघि उक्त समितिले बिहीबार भुसाल पक्षधरहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वार्ता गरे पनि बिनानिष्कर्ष टुंगिएको थियो ।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार












प्रतिक्रिया