काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्दसूचीमा रहेका उम्मेदवार सचिन ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा समेत रहेका ढकाललाई रास्वपाले खस–आर्य पुरुष समूहअन्तर्गत दोस्रो नम्बरमा बन्दसूचीमा समावेश गरेको थियो।
ढकालले शुक्रबार एक वक्तव्य जारी गर्दै पार्टीको समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएको औपचारिक जानकारी दिएका हुन्। समानुपातिक बन्द सुचीमा उच्च घरानाका व्यक्तिहरुलाई प्राथमिकता दिएको भन्दै चौतर्फी आलोचना भएको थियो।
प्रकाशित मिति: १९ पुस २०८२, शनिबार













प्रतिक्रिया