काठमाडाैं । विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने बजारबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१३ बस्ने ३३ वर्षीय साकार क्षेत्री र रूपन्देही बुटवल उपमहानगरपालिका-९ ईटाभट्टी बस्ने २० वर्षीय उत्सव श्रेष्ठ रहेका छन् ।
इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले ना.२३ प ५७६६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित बिहीबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १९ पुस २०८२, शनिबार












प्रतिक्रिया