काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहँदा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।
आज दिउँसो तराई भूभागका धेरै स्थानमा हुस्सु तथा कुहिरो रहने सम्भावना छ। कोशी प्रदेशका पहाडी तथा हिमाली भूभाग, साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
आज राति पनि तराई भूभागका धेरै स्थानमा हुस्सु रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहँदा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ।
उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपात तथा तराईमा हुस्सु लाग्ने सम्भावनाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य र सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार












प्रतिक्रिया