काठमाडौ ।  एमाले दैलेख क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोटका क्रममा केन्द्रीय सदस्य विष्णु रिजालले सबैभन्दा बढी मत प्राप्त गरेका छन्। चार जना पुरुष आकांक्षीबीच सहमति हुन नसकेपछि शनिबार भएको आन्तरिक निर्वाचनमा रिजाल पहिलो भएका हुन्।

आन्तरिक निर्वाचनमा रिजालले ६७ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी केन्द्रीय सदस्य लक्ष्मी पोखरेल ६६ मतसहित दोस्रो, राजबहादुर शाही ६१ मतसहित तेस्रो तथा कर्णाली प्रदेशका पूर्व सभामुख राजबहादुर बुढा ५१ मतसहित चौथो स्थानमा रहेका छन्।

advertisement

क्षेत्रीय कमिटी अध्यक्ष कुमारविक्रम शाहीका अनुसार उम्मेदवार छनोटका लागि गरिएको मतदानमा चारै जना आकांक्षी सहभागी थिए।

हालै सम्पन्न नेकपा एमालेको ११औँ महाधिवेशनबाट विष्णु रिजाल कर्णाली प्रदेशको भूगोलबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com