काठमाडौं । नेकपा एमालेले अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको घटनाप्रति कडा आपत्ति जनाएको छ ।

पार्टीका महासचिव शङ्कर पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै कुनै एक देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसङ्घको वडापत्रको स्पष्ट उल्लङ्घन भएको बताएका छन् । यस्तो कदमले संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय संस्थाहरूको औचित्यमाथि नै प्रश्न उठाउने पोखरेलको भनाइ छ ।

advertisement

उनले अमेरिकाको यो कदम आधुनिक विश्व व्यवस्था र सभ्य समाजका लागि कदापि स्वीकार्य नहुने उल्लेख गर्दै भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपले अन्तर्राष्ट्रिय कानुन, राष्ट्रिय सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूलाई गम्भीर रूपमा कमजोर बनाएको टिप्पणी गरेका छन् ।

महासचिव पोखरेलले यस्ता विषयमा स्वयं अमेरिकी समाजभित्रै गम्भीर, जिम्मेवार र व्यापक बहस आवश्यक रहेको पनि बताएका छन् ।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com