काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

दुई नेताबीच च्यासलस्थित एक घरमा करिब ३० मिनेट एक्लै भेटवार्ता भएको जानकारी प्राप्त भएको छ। स्रोतका अनुसार, भेटवार्तामा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रियसभाका लागि चुनावी तालमेलको सम्भावना विषयमा छलफल भएको छ। तर, यस भेटवार्ताको विस्तृत विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन।

advertisement

जेनजी आन्दोलनपछि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस, एमाले र नेकपा बीच चुनावी समन्वयका बारे अनौपचारिक कुराकानी भइरहेको बताइएको छ।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com