काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि सोमबार बृहत्तर एकता घोषणा सभा आयोजना गर्न लागेको छ।
पार्टीले आइतबार विज्ञप्ति जारी गर्दै भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृहबाट औपचारिक रूपमा एकता घोषणा गरिने जानकारी दिएको छ।
यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौँका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो। पार्टीका अनुसार भोलि हुने सभाबाट एकता प्रक्रिया पूर्ण रूपमा समाप्त हुनेछ र आगामी राजनीतिक गतिविधि तथा रणनीतिका विषयमा स्पष्ट मार्गनिर्देशन दिइनेछ।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार













प्रतिक्रिया