काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिमा सात जना नयाँ सदस्य मनोनयन गरेको छ।

आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी समायोजन प्रक्रियापछि रास्वपामा आएका नेतामध्ये सात जनालाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।

advertisement

मनोनयन हुनेहरूमा समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन्। यी सबै नेता–कार्यकर्ता गत मंसिर १४ गते विवेकशील साझा पार्टी परित्याग गरी रास्वपामा आबद्ध भएका थिए।

समीक्षा बाँस्कोटा विवेकशील साझा पार्टीकी अध्यक्ष तथा रञ्जु दर्शना महासचिव थिइन्। उनीहरू कुनै सर्तबिना रास्वपामा प्रवेश गरेका थिए।

१३ वर्षअघि अभियानका रूपमा सुरु भई पछि राजनीतिक दल बनेको विवेकशील साझा पार्टी र करिब ४० महिना अघि स्थापना भएको रास्वपाबीच हाल एकता भएको हो। विवेकशील अभियान २०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा सुरु भएको थियो भने २०७० सालमा विवेकशील नेपाली दलका रूपमा दर्ता भई चुनावी राजनीतिमा प्रवेश गरेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी भने २०७९ असार ७ गते स्थापना भएको हो।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com