काठमाडाैं । सर्लाहीको ईश्वरपुरमा हत्या गरिएका वनपाले रामईश्वर महतोको टाउको भेटिएको छ । ईश्वरपुर नगरपालिकास्थित सागरनाथ वन परियोजनामा वनपालेका रुपमा कार्यरत महतोको शनिबार घाटी काटेर हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार शनिबार महतोको टाउको बिनाको शव भेटिएको थियो । आज दिउँसो मात्रै महतोको टाउको घटनास्थलबाट एक सय मिटरको दूरीमा फेला परेको हो । महतोको हत्याको अनुसन्धानमा दुई वटा कुकुरसहित धनुषाको लालगढबाट प्रहरीको विषेश अनुसन्धान टोलीले पुगेको थियो ।

advertisement

प्रहरीले हत्याको आशङ्कामा एकजनालाई पक्राउ गरेको जनाएको छ । यद्यपि पक्राउ परेका व्यक्ति सार्वजनिक गरिएको छैन ।

शनिबार बिहानै वनमा रूख काटेको आवाज सुनेपछि महतो साइकलमा त्यसतर्फ लागेका थियो । उनी अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए ।

महतोको हत्यापछि स्थानीय त्रसित बनेको ईश्वरपुर नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com